• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

६ वैशाख, काठमाडौं । झम्सिखेल युथ क्लबविरुद्ध पुनरागमन जित निकाल्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको पहिलो खेलमा पुल्चोकले एक गोलले पछि परेको स्थिति उल्टाउँदै झम्सिखेललाई ४-१ ले हरायो ।

लगातार तीन जितपछि पुल्चोकले समान ९ अंक जोडेको आरसी ३२ फुटबल एकेडेमीलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो ।

खेलको १९औं मिनेटमा ओम धामीले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै पुल्चोक खेलमा फर्किएको थियो ।

इन्जुरी समयको चौथो मिनेटमा मदन पौडेलले पुल्चोकका लागि बराबरी गोल फर्काए ।

इन्जुरी टाइमको सातौं मिनेटमा श्यारब लो तामाङले पेनाल्टीमा गोल गरेपछि पुल्चोकले २-१ को अग्रता बनायो । श्यारबले नै ५१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पुल्चोकले ३-१ को अग्रता बनाएको थियो । पुल्चोकका लागि चौथो गोल समीप ढकालले ६४औं मिनेटमा गरे ।

झम्सिखेलको भने यो दोस्रो हार हो । तीन खेलबाट उसको ३ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)